मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बीपीको १ सय ७ औं जयन्तीमा मास्क वितरण

बीपीको १ सय ७ औं जयन्तीमा मास्क वितरण


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०७७, बुधबार

बागलुङ, २४ भदौ– कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १ सय ७ औं जयन्तीको अबसरमा कांग्रेस बागलुङले सचेतना कार्यक्रम गरेको छ । कांग्रेसले लोकतान्त्रिक चोकमा कोरोना संक्रमणविरुद्ध सन्देश प्रवाह गरेर जयन्ती मनाएको हो । कांग्रेसले सडक यात्रीलाई मास्क वितरण र सेनीटाइजर लगाउन सल्लाह दिएको थियो । त्यस्तै उनीहरुले नियमित साबुनपानीले हात धुन पनि आग्रह गरेका थिए ।
कार्यक्रममा कांग्रेस सभापति दिपेन्द्रबहादुर थापाले बीपीको चिन्तन र चाहना अनुसारको कांग्रेस बनाउन हरेक कार्यकर्ताले स्वच्छ भावनाले काम गर्नुपर्ने बताए । उनले प्रजातन्त्रको भावना अनुसारका व्यवहार देखाउन पनि कार्यकर्तालाई आग्रह गरेका थिए ।
कोरोना संक्रमणले धेरै औपचारिक कार्यक्रम गर्ने अवस्था नभएपछि सचेतनामार्फत सामान्य कार्यक्रम गरिएको उनले बताए । कांग्रेसले यो अभियानमा ४ हजार ५ सय मास्क वितरण गरेको थियो ।
सडकमा मास्क नलगाई हिँडेको देखेमा बोलाएर दिने, अन्य सर्वसााधरणलाई पनि साबुनपानीले हात धुन सल्लाह दिनेलगायतको काम गरिएको थापाले जानकारी दिए । अरु बेला कांग्रेसले बीपीको विचारबारे अन्तरक्रियालगायतका गतिविधि गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->