बागलुङ, २ असोज– नेपालमा एकैदिन २ हजार २० नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २ हजार २० संक्रमित भेटिएका हुन् । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।
शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ८ सय ७१ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ । संक्रमितमध्ये १७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।





