बागलुङ, ८ असोज– नेपाल महिला संघ बागलुङले ढोरपाटन र जिल्लाका अन्य बाढी र पहिरो पीडितका लागि संकलित रकम सार्वजनिक गरेको छ । संघको बुधबार बसेको जिल्ला कमिटिको बैठकले बाढी र पहिरो पीडितका लागि स्वतस्फुर्त रुपमा १ लाख ९८ हजार ६ सय ९५ रुपैयाँ संकलन भएको जनाएको हो । संघले सहयोग गर्ने विभिन्न व्यक्ति र संघ संस्थालाई धन्यबाद दिँदै संकलित रकम स्थानिय जनप्रतिनिधि, काँग्रेसका भातृ एवं सुवेक्षुक संस्थाका प्रतिनिधिको रोहबरमा छिटो भन्दा छिटो पीडित समक्ष पु¥याउने निर्णय गरेको महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माले जानकारी दिईन ।





