स्याङ्जा, ९ असोज– विहिबार पहिरोमा परेर मृत्यु भएका वालिङ नगरपालिका १४ तमादीमका एकै परीवारका ९ जनाको राम्दीमा सामुहिक दाहसंकार गरिएको छ । बिहिबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिदा ४८ वर्षीय माया नेपाली सहित ९ जनाको घटना स्थलमै मृत्यु भएको थियोभने उनकी १६ वर्षीया छोरी मनिषा नेपालीको भने सकुशल उद्धार गरिएको थियो । खुट्टा लगायत शरिरको अन्य भागमा चोट लागेकी मनिषाको अहिले पोखरामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
मृतक माया नेपाली सहित उनका दिदी बैनी छोरा बुहारी नातीको बिहिबार गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीमा सामुहिक दाहसंस्कार गरिएको वडा सदस्य एवं स्थानीय गमप्रसाद लुईटेलले जानकारी दिए ।
पहिरोमा परेर ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, १९ वर्षीया बिनिता नेपाली, २८ वर्षीया उमा नेपाली, ३० वर्षीय दिपक नेपाली, २१ वर्षीय कुलदिप नेपाली, १४ वर्षीय बिक्रम नेपाली, ९ वर्षीय बिबश नेपाली र ७ महिनाको एक बालक मृत्यु भएको थियो । कुलदिप र बिनिता श्रमान् श्रमती हुन भने ७ महिनका बालक उनीहरुकै छोरा हुन् ।




