बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शुक्लागण्डकीलाई सुर्य नेपालको एम्बुलेन्स सहयोग

शुक्लागण्डकीलाई सुर्य नेपालको एम्बुलेन्स सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७७, बुधबार

तनहुँ, १४ असोज– तनहुँको शुक्लागण्डकी नगरपालिकालाई कोरोना कहरमा सघाउन बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रालीले एम्बुलेन्स उपलब्ध गराएको छ । बाराको सिमरामा मुख्य कारखाना रहेको कम्पनीको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले मंगलबार मेयर किसान गुरुङलाई महेन्द्र कम्पनीको एम्बुलेन्सको साँचो हस्तानतरण गरेका हुन् ।
भन्सार छुटमा भारतबाट ल्याईएको एम्बुलेन्सलाई साढे १० लाख रुपैयाँ परेको कार्कीले बताए । सामाजिक उत्तरदायित्व वहन गर्दै यस क्षेत्रका ग्रामिण भेगका सर्वसाधरणलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको उनको भनाई छ ।
नगर क्षेत्रभित्र समयमै अस्पताल पु¥याउनुपर्र्ने बिरामीलाई एम्बुलेन्स अति उपयोगी हुने मेयर गुरुङले बताए । हाल नगरपालिकाले खैरेनीटार हेल्थपोष्टमा सञ्चालनमा ल्याउन लागेको ५ शैय्याको अस्थायी कोभिड अस्पतालमा एम्बुलेन्स प्रयोग गरिने उनले जानकारी दिए ।
नगरपालिकाको आफ्नै एम्बुलेन्स नहुदाँ कोरोना संक्रमितलाई आईसोलेसनमा र विदेश तथा जोखिमयुक्त स्थानबाट आएकालाई क्वारेन्टिनमा लैजान नम्बर ३ को मातहातमा रहेको एम्बुलेन्स मर्मत गरेर सञ्चालन गरेको छ भने फुलबारी नेपालको एम्बुलेन्स भाडा तिर्ने सम्झौतामा प्रयोग भईरहेको छ ।
गत जेठमा शुक्लागण्डकी नगरपालिकाले खडा गरेको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा समेत सुर्य नेपालले १० लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->