आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङका ६ जनासहित गण्डकीमा थपिए २६ संक्रमित

बागलुङका ६ जनासहित गण्डकीमा थपिए २६ संक्रमित


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७७, बिहिबार

बागलुङ, १५ असोज– गण्डकी प्रदेशमा चार जिल्लाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले पछिल्लो पटक सार्वजनिक गरेको विवरण अनुसार, बागलुङ, कास्की, लमजुङ र म्याग्दीमा संक्रमित थपिएका हुन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ का २१ र ३४ वर्षिय दुई जना पुरुष, वडा नम्बर ३ का २५ वर्षिय एक जना पुरुष र ५४ वर्षिय एक जना महिला र बागलुङ नगरपालिका वडा नम्बर २ का २४ वर्षिय एक जना पुरुष र वडा नम्बर १० का ३४ वर्षिय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बागलुङ नगरपालिका वडा नं. २ का २५ वर्षिय पवुरुष नेपाली सेनामा कार्यरत छन् । बरेङ गाउँपालिका वडा नं. २ का ३४ वर्षिय पुरुष र वडा नं. ३ का २५ वर्षिय पुरुष शिक्षक हुन् भने बागलुङ नगरपालिका वडा नं. १० का ३४ वर्षिय पुरुष र बरेङ गाउँपालिका वडा नं. २ का दुई पुरुष, वडा नं. ३ का ५४ वर्षिय महिला भारतदेखि आइ पालिकाको क्वारेन्टाइन बसेका व्यक्ति हुन् ।
तराईबाट आएका शिक्षकहरुलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कास्कीको पोखरा महानगर पालिकाका ५ जना र माछापुच्छे«े गाउँपालिकाका २ जनामा पनि संक्रमण पुष्टि भएको छ । लमुङको दुधपोखरीका १, मध्ये नेपालका ५ र बेसीशहरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, म्याग्दीको मालिकाका १ जना र अन्नपूर्ण गउाँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट आई क्वारेन्टाईनमा बसेका हुन् । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ९ सय ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->