शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपाको सचिवालय बैठक भोलि दिउँसो ४ बजे बस्ने

नेकपाको सचिवालय बैठक भोलि दिउँसो ४ बजे बस्ने


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७७, शुक्रबार
?????????????????

काठमाण्डौ, १६ असोज– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ । आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति हो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड आज बिहान १० बजे बालुवाटार पुगेका थिए । उनीहरूबीच करीब एक घण्टा कुराकानी भएको थियो । सरकारले बिहीबार युवराज खतिवडालाई राजदूतमा सिफारिस गर्ने र शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने लगायतका निर्णय पार्टीमा छलफल नगरेर गरेको भन्दै दाहाल लगायत सचिवालयका नेताहरू असन्तुष्ट बनेका छन् । भोलि बस्ने सचिवालय बैठकमा सो विषय र मन्त्रिपरिषद् पुर्नगठनका सम्बन्धमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->