शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कास्कीमा नाम मात्रका खेलकुद संस्था बढी

कास्कीमा नाम मात्रका खेलकुद संस्था बढी

प्रत्येक संघले वर्षेनी प्रतिवेदन पेश, आयव्यय विवरण तथा वार्षिक कार्य योजनासहितको प्रतिवेदन पेश नगर्ने संघसस्थालाई निलम्बन समेत गर्न सक्ने कानूनी प्रावधान छ ।


  • विजय नेपाली
  • असोज २० २०७७, मंगलबार

पोखरा २० असोज– कास्की जिल्ला खेलकुद विकास समितिले हालसम्म १ सय ५ खेल संघको सिफारिस गरेको छ । तर, जिल्लामा भने जम्मा ३७ खेल संघ ३ क्लब दर्ता भएका छन् । अन्य खेल संघ भने केन्द्रमा दर्ताका निम्तिमात्र सिफारिसका लागि जिल्ला आउने गरेका छन् । खेलकुदकर्मी सधैँ फुर्तिला,जोसिला स्वस्थ हुने भन्ने प्रचलन छ । तर, ती खेल संघसँग सम्बन्धित व्यक्तिमा कुनै जोस–जाँगर र देखिँदैन । खेलकुद विकासको लागि राज्यलाई मात्र औंला उठाउने खेलकुद संघहरु आफ्नो नेतृत्वमा भने हानथाप र हालिमुहाली गर्ने गरेको पाइन्छ । कास्कीका खेल संघहरुमध्ये केही संघबाहेक अन्य संघहरु अहिले पनि पुरानै कार्य समिति रहेको छ । उनीहरुले संघको अधिवेशन गर्दैैनन् । नेतृत्व आफै गर्छन् तर संघको जिम्मेवारी पूरा गर्दैनन् । कतिपय संघले क्रियाशिलता देखाए पनि संस्थालाई विधिवत् रुपमा सञ्चालन गरेको पाइँदैन ।
जिल्ला खेलकुद विकास समिति जिल्लाभित्र रहेका खेल संघ र क्लबको नियमन निकाय हो । त्यही नियमन निकायको नीति तथा विधि विधानलाई छाडेर आफ्नै मनोमानि गर्दै आएका छन् । संघ संस्था एवं क्लबहरुले खेलकुद प्रतियोगिता आयोजना गर्दा जिल्ला खेलकुद विकास समितिसँग न स्वीकृति लिन्छन् नत ती संघ÷सस्थाले वार्षिक प्रतिवेदन तथा आयेजनाको आयव्यय विवरण नै पेश गर्छन् ।
यतिमात्र होइन राष्ट्रिय खेलकुद परिषद्मा दर्ता गर्नको लागी १६ जिल्लामा खेल संघ भएको हुनुपर्ने भन्ने नियमको कारणले पनि सहज हुने जिल्ला छनोट गरी केन्द्रमा दर्ता हुनेगरेका छन । सोहि क्रममा कास्कीमा पनि पदाधिकारी जुटाउन सहज हुनेगर्दा सिफारिसको लागी आउने गर्दछन् ।
जिल्ला खेलकुद विकास समितीले खेल संघलाई वर्षेनी पत्राचार गर्दै प्रतिवेदन तथा आयव्यय माग गरेपनि संघहरुले भने त्यसको व्यवस्ता गर्दै आइरहेका छन् । संघहरुको आफ्नै अहमता छ ।
– गत वष १७ खेल संघले मात्र प्रतिवेदन बुझाएका थिए ।
–जिल्लामा ४० खेलसंघ सूचिमा छन । तर केन्द्रको लागि १ सय ५ सघंलाई सिफारिस गरिएको छ ।
–यो आथिर्क वर्षको हालसम्म एक खेल संघले मात्र प्रतिवेदन बुझाएको छ ।
–विदेश घुम्न पाउने आशाले संघको दर्ता।
–प्रतियोगिताहरु आयोजना गरे पनि संघको अधिवेशन भने गरेका छैनन् ।
यो आथिर्क वर्षभित्र संघ प्रतिवेदन बुझाउने भनेको असोजको मसान्तसम्म हो । तर, कास्की जिल्ला लन टेनिस संघबाहेक अन्य संघले अझैसम्म पनि वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छैनन् । गत आर्थिक वर्षमा जम्मा १३ खेल संघले मात्र आफ्नो प्रतिवेदन बुझाएका थिए । भने ३ क्लबले आफ्नो प्रतिवेदन बुझाएका थिए । गतवर्ष भलिबल संघ, क्रिकेट संघ,साइक्लिङ संघ,बक्सिङ, आर्चरी, तेक्वान्दो, बास्केटबल, टेबल टेनिस, ब्याडमिन्टन,सितोरियो कराते, पौडी, बुद्धिचाल, स्ट्रोङगेस्ट क्युकोसिन, क्युकोसिन बुदोकाई, मोआ थाई संघले आफ्नो प्रतिवेदन बुझाएका थिए । त्यस्तै नव आर्दश सामुदायिक क्लब, बुुल्समेन र सबलता बक्सिङ क्लबले आफ्नो प्रतिवेदन बुझाएका थिए । कास्की जिल्ला फुटबल संघ,उसु,एथलेटिक्स,शारीरिक सुगठन, भारोत्तोलन,आइ.टि.एफ ते, अटो स्पोर्टस् एशोसियसन,सफट टेनिस, सेपाकटाक्रो, बेसबल, सेभेन ए साइड, स्की, गल्फ, ट्रयाथोलन, रग्बी, ह्याण्डबल, जिम्न्याष्टिक, नेटबल तथा हक्की संघले प्रतिवेदन बुझाएका छैनन् । यी खेल संघहरुले यो वर्ष भने अहिलेसम्म पनि प्रतिवेदन बुझाएका छैनन् । ‘हामीले १ सय ५ संघलाई सिफारिस गरेका छाँै । कास्कीमा करिब ३७–३८ संघहरु क्रियाशिल छन । खेल आयोजना समेत गरेका छन तर प्रतिवेदन भने बुझाएका छैनन्’, जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले भने, ‘केन्द्रमा संघ दर्ता गर्न १६ जिल्लामा संघ गठन भएको हुनुपर्ने प्रावधान छ । कास्कीमा गठन गर्न सजिलो छ त्यसलै पनि रोजाईमा पर्ने गरेको छ । कुनैपनि संघले गठन गरेको ६ महिनामा अधिवेशन गर्नुपर्दछ तर त्यसो भएको पाइदैँन ।’ कतिपय संघहरुले विदेश घुम्न पाइने आशमा गठन गरेको भन्ने आरोप पनि आएको छ ’ उनले भने ।
प्रत्येक संघले वर्षेनी प्रतिवेदन पेश, आयव्यय विवरण तथा वार्षिक कार्य योजनासहितको प्रतिवेदन पेश नगर्ने संघसस्थालाई निलम्बन समेत गर्न सक्ने कानूनी प्रावधान छ । खेलकुद विकास ऐन २०४८, खेलकुद विकास नियम २०४९ को परिच्छेद ५ को २०९ग०मा ‘जिल्ला खेलकुद विकास समितिले जिल्ला भित्रका जिल्लास्तरीय खेलकुद संघसंस्था र स्थानीय क्लब वा टिमलाई आवश्यक निर्देशन दिने छ । साथै आवश्यकता अनुसार समय–समयमा उक्त संस्थाहरुको हिसाब किताबको जाँचबुझ गर्न सक्ने छ ।
जिल्ला खेलकुदलाई संघले केन्द्रमा समस्या हुँदा वा जिल्लाको पत्र आवश्यक पर्दा बाहेक कुनैपनि बेला संघसँग जोडिदैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->