शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

विकास निर्माणमा पछि पर्दै पोखरा : सभासद थापा

विकास निर्माणमा पछि पर्दै पोखरा : सभासद थापा


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७७, आइतबार

पोखरा, २५ असोज– गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापाले पोखरालाई विकास निर्माणमा पछि पारिन थालेको गुनासो गरेका छन् । उनले प्रदेश सरकारले पनि पोखराको विकासमा ध्यान नदिएको जिकिर गरे ।
यहाँको रेडियो सराङकोटले शनिबार महेन्द्रपुलको साँघुको मुख क्लबलाई कुर्ची तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै सभासद थापाले साँघुको मुखसहितका क्षेत्रको विकास हुन नसक्नुमा सरकारी उदासीनता नै कारक भएको बताए ।
सो अवसरमा रेडियो सराङकोटले साँघुको मुखको सरसफाईका साथै स्वास्थ्यका लागि हितकारक अत्यावश्यक विरुवा रोपण, सरसफाइ र कुर्ची प्रदान ग¥यो । रेडियोका प्रमुख कार्यकारी निर्देशक भाष्कर पण्डित कमलनयन गौतम,रेडियोका प्रमुख योगेन्द्र श्रेष्ठ ,उपभोक्ता समितिका अध्यक्ष ईन्द्रकमल मानन्धरको सभापतत्विमा भएको कार्यक्रममा सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर जिसी, सहकारीका सचिव एवं रेडियोका कार्यकारी निर्देशक कृष्ण थापा, पोखरा महानगरपालिका वडा नं. ९ का वडासचिव लोकदर्शन कोइराला, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष रमेश कुमार थापा, रेडियोका निर्देशक एवं पूर्व ट्राफिक प्रमुख शिवबहादुर थापा, उपभोक्ता समितिका उपाध्यक्ष रोशन महर्जन, साँघुमुख संरक्षणका अभियन्ता बुद्ध गुभाजु, महेन्द्रपुल यूथ क्लवका अध्यक्ष विष्णु कायस्थ, नेवा मिसापुचका अध्यक्ष पुण्यलक्ष्मी लाभाजु लगायतका वक्ताहरुले साँघुमुखको संरक्षण र संवद्र्धनका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दा सहयोग गर्नुपर्नेमा दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->