काडमाण्डौ, २५ असोज– शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना संक्रमण भएको छ । शनिबार स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पताल गएका पोखरेललाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण शनिबार लक्षणसहितको कोरोना पुष्टि भएपछि मन्त्री पोखरेल पाटन अस्पतालको आइसोलेसनमा बसेका छन् । ज्वरो आएपछि उनी शनिबारै चिकित्सकको निगरानीमा रहने गरी पाटन अस्पतालमा बसेका थिए । कोरोना पुष्टि भएपछि उनलाई चिकित्सकहरुले आइसोलेसनमा राखेका उनका सहयोगी विनोद न्यौपानेले जानकारी दिएका छन् । शनिबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईलाई पनि कोरोना देखिएको छ । मन्त्री पोखरेल बिहीबार, शुक्रबार र शनिबार अनसनरत डाक्टर गोविन्द केसीको टोलीसँग वार्ताका लागि जुटेका थिए । शिक्षा सचिव गोपीनाथ मैनाली र केसीको वार्ता टोलीसँग पनि उनले बसेर छलफल गरेका थिए । केसीको अनसन तोडाउने प्रयोजनका लागि पोखरेलले बालुवाटारमा गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेका थिए ।





