तनहुँ, २८ असोज– कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि जिल्लाको शुक्ला गण्डकी नगरपालिकामा खुलेका विद्यालय फेरि बन्द भएका छन् । मंगलबारदेखि यहाँका विद्यालय बन्द भएका हुन् ।
नगरपालिकामा सञ्चालित विद्यालयले असोज १ गतेबाट वैकल्पिक सिकाई सहजीकरण थालेको एक महिना नपुग्दै बन्द गर्ने निर्णय गरिएको हो । चैत दोस्रो साता बन्द भएका विद्यालय ६ महिना पछि खुलेर पढ्न पाउँदा विद्यार्थी मख्ख थिए ।
गाउँमा थारै विद्यार्थी भएका विद्यालयले कक्षामै बोलाएर पढाइरहेका थिए । बजार क्षेत्रका ठूला विद्यालयले सहजीरकणका लागि गाउँटोलमा सिकाई केन्द्र स्थापना गरेका थिए । प्रविधिको पहुँचमा भएकालाई भने अनलाइन मार्फत् पढाइएको छ ।




