पोखरा, २८ असोज – गण्डकीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरामा स्याङ्जाका एक जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषको आज विहान ९ बजेर ३४ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ। अस्पतालले बिज्ञप्ती मार्फत उनको मृत्यु भएको पुष्टि गरेको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।




