पोखरा/कास्की प्रहरीले लेखनाथमा लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २६ मुलरीचोकमा प्रहरीले ३० वर्षिय सरोज बन्जरालाई ब्राउन सुगर (खैरो हिरोइन) सहित पक्राउ गरेको हो ।
लागूऔषध बिक्रि वितरण भइरहेको सूचना प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय शिशुवा र लागू औषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट ६.५० ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्रकुमार पासवानले जानकारी दिए ।





