बागलुङ, ३० असोज– गण्डकी प्रदेशमा शुक्रबार बिहान ६ जिल्लाका ७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको संख्या पाँच हजार ४३४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरूमा संक्रमणको पुष्टि भएको जानकारी दिइएको छ । थप भएका संक्रमितहरूमा तनहुँको ऋषिङ गाउँपालिका–४ का एक, ब्यास नगरपालिका–३ का पाँच, लमजुङको सुन्दरबजार नगरपालिकाका दुई रहेका छन् । यस्तै, बाग्लुङको गल्कोट नगरपालिका–४ का दुई, वडा नम्बर ६ का तीन, वडा नम्बर ९ का एक र वडा नम्बर ७ का एक जना रहेका छन् ।
नवलपरासी )बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१६ का दुई, वडा नम्बर १४ का एक, वडा नम्बर १७ का दुइ, वडा नम्बर १३ का एक, वडा नम्बर ३ का एक, वडा नम्बर ५ का दुई, वडा नम्बर ११ का एक र वडा नम्बर १५ का, वडा नम्बर १२ का उक, र वडा नम्बर ६ का एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, कावासोती नगरपालिका–८ का पाँच र वडा नम्बर ३ का एक जनामा पनि संक्रममण पुष्टि भएको छ। गैंडाकोट नगरपालिका १८ जनामा संक्रमण पुष्टि भएको छ ।
गोरखाका चारजनामा संक्रमण पुष्टि भएको छ। उनीहरू पालुङटार नगरपालिका–१ का एक, वडा नम्बर २ का एक र वडा नम्बर ५ का दुईजना रहेका छन् । गोरखा नगरपालिकाका थप एक जनामा संक्रमण पुष्टि भएको छ । कास्कीका १९ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु पोखरा महानगरपालिका–५ का दुई, वडा नम्बर २७ का चार, वडा नम्बर ३२ का एक, वडा नम्बर २९ का पाँच, वडा नम्बर ३० का दुई, वडा नम्बर ८ का एक, वडा नम्बर १२ का एक, वडा नम्बर २६ का एक, वडा नम्बर २८ का एक र वडा नम्बर ९ का एकजना रहेका छन् । लमजुङको सुृन्दर बजारका एक जनामा संक्रमण पुष्टि भएको छ । थपिएका सबै जना कन्ट्रयाक्ट ट्रेसिङका माध्यमबाट पहिचान भएका हुन् । बागलुङमा थपिएका एक जना शिक्षक हुन भने ३ जना भारतबाट आएका हुन् ।





