पोखरा, २ कार्तिक– नेपाली कांग्रेस कास्कीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत्, ल्होछार र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ ।कास्की कांग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् । कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि आवश्यक सावधानी र सतर्कता अपनाउदै चाडपर्व मनाउन आग्रह गरिएको छ । विज्ञप्तिमा नेपाली जनताको आर्थिक अवस्था दयनीय भइरहेको अवस्थामा जनप्रतिनिधिलाई भत्ता सुविधा दिनु निन्दनीय भएको भन्दै आलोचना गरिएको छ । कोराना महामारी नियन्त्रण र रोकथाम गर्न असफल सरकारले चाडपर्वको समयमा मनोमानी सृजना गरिएको महंगी नियन्त्रण गर्न समेत असफल भएको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ ।





