बागलुङ, २ कार्तिक– बागलुङमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका ४८ बर्षिया पुरुष, वडा नं. ६ का ४७ र २८ बर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । उनिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । त्यस्तै भारतबाट आई क्वारेन्टाईनमा रहेका बरेङ गाउँपालिका–३ का एक पुरुष र बागलुङ नगरपालिका–९ का ५७ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । उनिहरुलाई आईसोलेसन लैजाने तयारी भैरहेको छ ।





