सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

वडाध्यक्षको आपत्ति

वडाध्यक्षको आपत्ति


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०७७, सोमबार

बागलुङ, ३ कात्तिक– कुँडुले माविमा शिक्षक नियुक्तिको विषयमा भएको छलफललाई अतिरञ्जित गरिएको भन्दै बागलुङ नगरपालिका वडा नं. ४ को कार्यालयले आपत्ति जनाएको छ । सोमबार वडा अध्यक्ष ध्रुव बहादुर केसीले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो बदनाम गर्ने र वडाबासीलाई भ्रमित गर्ने काम भएको उल्लेख गरेका छन् ।
विद्यालयले प्रक्रिया पुरा नगरी शिक्षक नियुक्ती गर्न खोजेको विषयमा वडा शिक्षा समितिको संयोजकका हैसियतले आँफुले जानकारी माग्दा भएको छलफलको विषयलाई भ्रमपूर्ण तरिकाले प्रचार गरेको उनको आरोप छ ।
नगरशिक्षा नियमावली र प्रचलित कानुनविपरित विद्यालय व्यवस्थापन समितिलाई झुक्याएर शिक्षक नियुक्तिको क्रियाकलाप गरेको र त्यस विषयमा छलफल गर्दा भएका कमजोरीको विषयलाई अतिरञ्जित गरिएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा शिक्षक नियुक्तिका लागि स्थानीय एक पत्रिकामा कृते विज्ञापन गरेको आरोपसमेत लगाईएको छ ।
नेपाली कांग्रेसका वडा समिति अध्यक्षले केही सञ्चार माध्यामलाई प्रायोग गरी आफ्नो बदनाम गरेको केसीले बताए । उनले कुँडुले माविमा भएको शिक्षक नियुक्तिको प्रक्रिया विधिसंगत भएको प्रमाणित गर्नसमेत चुनौती दिएका छन् । शिक्षक नियुक्तिको विषयलाई लिएर सर्वसाधारणले सूचना नपाएको गुनासो गरेपछि विद्यालय व्यवस्थापन समिति र वडा शिक्षा समिति पक्षविपक्षमा उभिएका थिए । केही दिन यता कुँडुलेमा माध्यमिक तह अस्थायी करार शिक्षकको विषय चर्चामा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->