शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा स्वास्थ्यकर्मी, प्रहरी र थुनुवामा कोरोना

बागलुङमा स्वास्थ्यकर्मी, प्रहरी र थुनुवामा कोरोना

गण्डकीमा शुक्रबार बिहानै थपिए ११ संक्रममित


  • Dhorpatan News
  • कार्तिक ७ २०७७, शुक्रबार

बागलुङ, ७ कार्तिक– बागलुङका ७ जनासहित गण्डकी प्रदेशमा शुक्रबार बिहानै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङको धौलागिरी अस्पतालमा कार्यरत कर्मचारी, निजी स्वास्थ्य संस्थामा कार्यरत एक स्वास्थ्यकर्मी, एक जना महिला प्रहरी र एक जना थुनुवामा संक्रमण पुष्टि भएको हो । थुनुवा निसीखोला गाउँपालिकाका हुन् । अस्पतालमा उपचारका लागि आएर घर फर्कि सकेका एक जना बिरामीमा समेत कोरोनासंक्रमण पुष्टि भएको छ । उनी अन्य समस्या लिएर अस्पताल आएका बेला स्वाव संकलन भएको थियो । बागलुङमा स्वाव दिएर स्याङ्जा पुगेकी एक जना बैंककी कर्मचारीमा समेत संक्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्तीमा संक्रमण पुष्टि भएर आईसोलेसनमा रहेका दुईजनाको दोस्रो पटकको परीक्षण गर्दा पोजेटिभ रिपोट आएको समेतलाई शुक्रबार पुष्टि भएको उल्लेख गरिएको छ । म्याग्दीको बेनी नगरपालिकाका- ३ जना र स्याङ्जाको भिरकोट गाउँपालिकाका एक जनामा समेत संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ६ हजार २ सय ८० पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->