बागलुङ, ८ कात्तिक-बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका उप संयोजक डिल्लि चाआर्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । लक्षण देखिए पछि उनको स्वाव परीक्षणका लागि पठाईएको थियो । उनलाई धौलागिरी अस्पतालको आईसोलेसनमा राखिएको छ । त्यस्तै बागलुङमा रहेको श्री नं २३ बाहिनी अड्डामा कार्यरत दश जना नेपाली सेनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी रोग स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिए ।





