
बागलुङ, १० कात्तिक- दुर्गापक्षको मुख्य दिन सोमबार शुभसाईतमा विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर लगाएर मनाउन ुिरु गरिएको छ । गण्डकी प्रदेशका सबै जिल्लामा शुभसाईतमा टिका लगाईएको ढोरपाटन सहकर्मिहरुले जनाएका छन् । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० ः११ बजे लाई तोकेको थियो ।
टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १० ः १९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । सोहि समयमा दशैंको टिका लगाउन सुरु गरिएको छ । प्रस्तुत छ बागलुङ र लमजुङमा विजयादशमीको टिकाका केही तस्विर ….










