पोखरा, १४ कात्तिक – पोखरामा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका पोखरा महानगरपालिका १५ का ८१ बर्षिय पुरुषको शुक्रवार विहान मृत्यु भएको हो । स्वास्थ्य निर्देशानलयका अनुसार उनलाई गत कात्तिक १२ कोरोना संक्रमणको पुष्टि भएको थियो ।
त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठानको आईसियुमा उपचाररत अर्का ७० बर्षिय पुरुषको पनि शुक्रवार विहानै मृत्यु भएको छ । उनी स्याङजा जिल्ला वालिङ नगरपालिका ५ का स्थायी वासिन्दा हुन् । उनलाई कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले ती दुवै जनाको शव ब्यवस्थापनको तयारी भइरहेको निर्देशक डा.विनोदविन्दु शर्माले वताए । यीसंगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।




