शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७७, मंगलबार

पोखरा, १८ कात्तिक– उच्च रक्तचापको समस्या रहेका प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता सूर्यबहादुर केसीको सोमबार राति निधन भएको छ । पोखराको मुस्ताङचोकमा रहेको आफ्नै निवासमा उनको निधन भएको पारीवारीक स्रोतले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका केसी ६३ बर्षका हुन् । लामो समय राप्रपामा राजनीति गरेका केसी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । उनी पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनको बेला काँग्रेस प्रवेश गरेका थिए । हाइड्रोपावरमा ठूलो लगानी गरेका उनी पोखराका सफल एवं प्रतिष्ठित उद्योगपतिको रुपमा समेत चिनिन्छन् । उनको कम्पनी हिमश्री फुडसबाट उत्पादित रारा चाउचाउले उपभोक्ताको मन जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->