तनहुँ, १८ कात्तिक– शुक्लागण्डकी जेसिजले जेसीज वर्ष २०२० सप्ताहको अवसरमा विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको छ । सप्ताहको दोस्रो दिन जेसिजले सोमबार शुक्लागण्डकी नगरपालिका–३ वन्केवास्थित निर्मल आधारभूत विद्यालयका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको हो ।
५४ जना विद्यार्थीलाई वितरण गरेको अध्यक्ष मदन श्रेष्ठले बताए । विपन्न वर्गका विद्यार्थीले पढ्ने विद्यालय भएकाले निर्मललाई छनोट गरेर सहयोग गरेको उनको भनाई छ । ‘शैक्षिक सामग्रीले विद्यार्थीलाई पढाईमा उत्प्रेरणा मिल्ने विश्वास छ’, उनले भने ।
सोमबार जेसिजले खैरेनीटार बजारमा कोरोना सम्बन्धी सचेतना कार्यक्रम गरेको थियो । सप्ताहको पहिलो दिन आइतबार शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम परिसरमा वृक्षारोपण र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा रहेका बिरामीलाई फलफुल वितरण गरिएको थियो ।
सप्ताहको अन्तिम दिन मंगलबार ईलाका प्रहरी कार्यालय बेलचौतारालाई थर्मल गन र ट्राफिक नियम बोर्ड प्रदान गर्नुका साथै जेसीज सचिवालयमा वतृत्वकला प्रतियोगिता हुने जनाईएको छ ।




