शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपा किचलो : जिल्ला तहका नेता भन्छन् मिलेरै जाऔं

नेकपा किचलो : जिल्ला तहका नेता भन्छन् मिलेरै जाऔं


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०७७, बुधबार

पोखरा, १९ कात्तिक– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद पुनः सतहमा आएको छ । उसो त यसअघि पनि नेकपाको विवाद सतहमै आइरहेकै हो ।
यसपटकको विवादलाई भने गम्भीर रुपमा लिइएको छ । कतिले अब नेकपा मिलेर अघिबढ्न नसक्ने त कतिले फुटेरै अघिबढ्दा ठीक हुन टिप्पणी गर्न थालेका छन् । दुई तिहाई मत प्राप्त पार्टीको यो विवादले नेता कार्यकता त चिन्तित छन् न,ै आम नागरिकमा पनि राजनीतिप्रति वितृष्ण पैदा गराएको छ ।
यद्यपि,जिल्ला तहका नेकपाका नेताहरु भने जनताको बलियो मत प्राप्त पार्टी कुनैपनि हालतलमा फुट्न नहुने तर्क गरिरहेका छन् । नेकपा कास्कीका इन्जार्ज राजकाजी गुरुङले समस्या पहिल्याएर अघि बढ्नुपर्ने बताए । उनले पार्टी एकता संकटमा परेको भए कमजोरी खोतलेर समस्याको सही समाधान खोज्नुपर्ने जिकिर पनि गरे । ‘फेरि पनि एकै ठाउँमा बसौं समीक्षा गरौ, कमजोरीविहीन हामी कोही पनि छैनौं । नीति, विधि र पार्टीभन्दा माथि कोही हुँदैन र हुन पनि दिनु हुँदैन,’ उनले भने,‘आन्दोलनले र समयले नयाँस्तरको विचार र नेतृत्व क्षमताको माग गरेको छ हामीले पुरानै ढंगले समाधान दिन खोज्दैछौँ । कतै यही वरिपरि समस्या छ कि ?’
पार्टी केन्द्रको खटपटलाई पोखरा महानगर कमिटीका सचिव विश्वप्रकाश लामिछाने विचारको लडाईं मान्छन् । पूर्वमाओवादीबाट प्रतिनिधित्व गरेका लामिछाने विधी पद्दतिबाट पार्टी चल्नु पर्ने मत राख्छन् । ‘हाम्रो आग्रह के हो भने पार्टी विधी, पद्दति सिस्टममा चल्नुप¥यो । कम्युनिष्ट आन्दोलनको मुख्य समस्या भनेकै विचारको समस्या हो भन्ने लाग्छ, मलाई । सबै चिज विचारबाटै निर्देशित हुन्छ!, उनले भने ।
समाजवादी बाटोमा जाने या यथास्थिति बाटोमा जाने, यी दुई बीचको लडाईं नै आजको मुख्य समस्या रहेको उनको टिप्पणी छ । विभिन्न खालका टिकाटिप्पणी हुँदै आए पनि मुख्य समस्या कम्युनिष्टहरु २१ औं शताब्दिमा समाजवादी यात्रामा कसरी जानुपर्छ भन्ने विचकै द्वन्द नै आजको समस्या रहेको उनले बताए ।
नगर कमिटी अध्यक्ष दीपक पौडेलले पार्टी कुनै पनि हालतमा फुट्न नहुने बताए । महानगर कमिटी नै नबनेको अवस्थामा पार्टी फुट्दा यसले दिर्घकालनी रुपमा बामपन्थी आन्दोलनलाई नै समस्या पार्ने उनको धारणा छ । ‘हाम्रो नगर कमिटी पनि अहिले पनि बनेको छैन । अध्यक्ष र सचिव दुई जना मात्रै छौँ । हामीले हाम्रो काम निरन्तर गरि रहेका थियौँ’, उनले भने, ‘असार १० गते स्थायी कमिटीको बैठक प्रारम्भ भयो भदौ २६ गते बैठक सकियो । ३० गते १५ बुँदे अन्तरपार्टी निर्देशन आयो । १ गतेबाट त्यो निर्देशनलाई हरेक वडा कमिटीमा लैजान १५ वटा वडा कमिटीका बैठक राखेर, निरन्तर त्यही मात्रै विश्लेषण गर्दै हामी हाम्रो कमिटीमा पुग्यौं । देख्नु भयो यस्तो भएका छ हामीले हाम्रो बैठक रोक्यौँ ।’
केन्द्रको खिचातानीले भने कार्यकर्तामाझ निराशा पैदा गराएको उनले बताए । पार्टीका शुभचिन्तकहरुमा पनि एकखालको शंसय पैदा गराएको उनको भनाई छ । ‘एक प्रकारको अनौठो महसुस गर्नु भएको छ । पार्टी कुनै पनि हालतमा फुट्न नहुनेमा उनले जोड दिए । स्थायी कमिटीले गरेको १५ बुँदे निर्णय अनुरुप यसैको परिधिभित्र रहेर तलबाट माथिसम्म त्यो आचारसंहिता भित्र रहेर अघि बढ्नुपर्ने उनको जिकिर छ ।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको छिट्टै पार्टी महाधिवेशन डाकेर पार्टी एकता टुंगोमा पु¥याउनुपर्ने मत छ । उनले पार्टी फुट्न नहुने र स्थायी कमिटी बैठकको निर्णय अनुसार अघिबढ्नुपर्ने बताए । ‘स्थायी कमिटीले जे निर्णय गरेको छ । त्यसैअनुसार अघि बढ्नुपर्छ’, उनले भने, ‘अहिलेसम्म रोकिई रहेको महाधिवेशन सकाएर पार्टी एकता टुंगोमा पु¥याउनुपर्छ । मिलेरै अघि बढ्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->