शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

केसीको निधनमा दुःख व्यक्त

केसीको निधनमा दुःख व्यक्त


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०७७, शुक्रबार

पोखरा, २१ कात्तिक–नेपाल प्रेस युनियन कास्कीले पत्रकारिता पुरस्कारका संस्थापक सूर्यबहादुर केसीको निधन भएकोमा दुःख व्यक्त गरेको छ । ‘उहाँको निधनले हामी मर्माहत बनेका छौं, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, उहाँको शिक्षा, स्वास्थ्य, सञ्चार र राजनीतिमा पु¥याएको योगदान सदैव स्मरणीय रहने छ।’
कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र प्रतिष्ठित व्यवसायी केसीले प्रेस युनियन कास्कीको आग्रहमा सूप्रेम शारदा पत्रकारिता पुरस्कार स्थापना गरेको अध्यक्ष नवीन सिग्देलले बताए ।
तिहार अघि नै पुरस्कार वितरण गर्नका लागि सल्लाहाकार रवीन्द्र बास्तोलाको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । संस्थापक केसीको निधनप्रति दुःख व्यक्त तथा उहाँप्रति सम्मान व्यक्त गर्दै प्रेस युनियन कास्कीले तिहार अघि सो पुरस्कार वितरण नगर्ने जनाएको छ । गतवर्ष ६ लाखको अक्षयकोष स्थापना गरी सञ्चालनमा ल्याइएको सो पुरस्कार यसवर्ष पहिलो पटक वितरण गरिने छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->