शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

जनता भेट्दै साम्सद विद्या भट्टराई

जनता भेट्दै साम्सद विद्या भट्टराई


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७७, शुक्रबार

पोखरा, २८ कात्तिक– प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको कास्की निर्वाचन क्षेत्र २ मा संचालित विभिन्न विकास आयोजनाहरुको निरीक्षण कार्य जारी रहेको छ । भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा संघीय ,प्रदेश तथा स्थानीय सरकारबाट संचालित आयोजनाको अनुगमन गरेकी हुन ।
सो क्रममा भट्टराईले संचालित योजनाका कार्यप्रगति र गुणस्तरको अनुगमन गर्दै स्थानीय अगुवा ,समाजसेवि ,उपभोक्ता र जनताहरुसँग साक्षात्कार समेत गरेकी छन् । यसैबीचउनले बुधबार पोखरा ३३ भरत पोखरी पुगेर निर्माणाधीन चिसापानी, सिँगारेबास, टक्सार सडकको अवलोकन गरेकी छन।उक्त सडकअन्तर्गत गैह्रागाउ जामुनाबोट सडक खण्ड संघीय सरकारको २ करोडको लागतमा ढलान र कालोपत्रेको काम भइरहेको छ ।
यसअघि भट्टराईले पोखरा महानगरपालिका वडा नं १६ र २० मा संघीय सरकारद्वारा संचालित आयोजनाहरू मातृशिशु अस्पताल हुँदै भलाम जोड्ने सडक, वृहत भलाम खानेपानी आयोजना, हरिहर गुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिकामार्ग देउराली सडकलगायतका आयोजनाहरु अवलोकन गरेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->