शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राजमो अध्यक्ष चित्रबहादुर केसी कोरोना मुक्त

राजमो अध्यक्ष चित्रबहादुर केसी कोरोना मुक्त


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०७७, मंगलबार

बागलुङ, २ मंसिर– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना मुक्त भएका छन् । केही दिन पहिला कोरोना संक्रमण भएर राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसी मंगलबार साँझ संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन् । अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिए । आफ्नो स्वास्थ्यप्रति चासो राख्ने र उपचारमा संलग्न सबैप्रति आभारी रहेको केसीले बताए । अध्यक्ष केसी पेटको दीर्घ रोगले ग्रस्त भएसँगै निमोनिया र झाडापखालाबाट पीडित भएपछि अघिल्लो मंगलबार पाटनको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । उनलाई सोही अस्पतालले गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी अस्पताल भर्ना भएको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि केसीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->