बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङ अस्पताल प्रदेश सरकार मातहत

लमजुङ अस्पताल प्रदेश सरकार मातहत


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०७७, बुधबार

लमजुङ, ३ मंसिर– लमजुङ सामुदायीक अस्पतालको व्यवस्थापन जिम्मा गण्डकी प्रदेश सरकारले लिएको छ । अहिलेसम्म व्यवस्थापनको जिम्मा लिँदै आएको मान विकास तथा सामुदायिक संस्थासँग गण्डकी प्रदेश सरकारले हालै सम्झौता गर्दै सामुदायीक अस्पताल आफैले चलाउने घोषणा गरेको हो । मानव विकास तथा सामुदायिक संस्थाले अब अस्पतालको आन्तरिक व्यवस्थापन हेर्नेछ भने खर्च सबै प्रदेश सरकारले व्यहोर्ने छ । लामो समयदेखि अस्पताल कसको मातहत रहने भन्ने अन्यौलता रहेको थियो । यस अघि २०७१ सालमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र मानव विकास तथा सामुदायीक सेवाबीच १० वर्ष सामुदायीक अस्पतालको रूपमा सञ्चालन गर्ने सम्झौता भएको थियो । संघीय सरकारले जिल्ला अस्पताल प्रदेश मातहतको भएको भन्दै खर्च नपठाएपछि अस्पताल चलाउन समस्या परेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->