तनहुँ, ३ मंसिर– दमौलीबाट मानहुँकोटतर्फ जाँदै गरेको ग१ख २९४२ नम्बरको हायस भीरबाट खस्दा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा पोखरा महानगरपालिका–३२ गगनगौंडाकी करिब २८ वर्षकी सुनिता गुरुङ रहेकी छन् ।
घटना लगत्तै उद्धार गरिएकी गुरूङको उपचारका क्रममा दमौलीको रत्नहरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार दुर्घटनामा परी अरू ८ जना घाइते भएका छन् ।
विहान सवा ४ बजेतिर उकालो लाग्दै गरेको हायस मानहुँकोट पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसकेपछि ब्याक गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
हायस सडकबाट करीब ६ सय मिटर तल खसेको तिमिल्सिनाले बताए ।





