पोखरा, ४ मंसिर–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी चाडपर्व, जात्रा तथा उत्साव मनाउन सबैमा अपिल गरेका छन् ।
नेपालीहरुको महान पर्व छठ, २०७७ को अवसरमा बिहिबार शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, प्रगति एवं सु–स्वास्थ्यको कामना गरेका छन् । उनले सन्देशमा विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोभिड–१९ का कारण यसपालिका हाम्रा उत्सव तथा पर्वहरु परिवारका सदस्यबाहेक अन्यसँग भेटघाट कम गर्ने, भेटघाट गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य रुपमा कायम गर्ने, माक्स प्रयोग गर्ने, साबुन पानीले हात धुने वा स्यानीटाइजर प्रयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।





