पोखरा, ८ मंसिर–नेपाली कांग्रेस कास्कीले पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मंसिर २० गतेसम्म सक्ने भएको छ । कास्की कांग्रेस पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेशसभा सभापति, पोखरा महानगरसहित आइतबार बसेको बैठकले मंसिर १५ गतेसम्म क्रियाशील सदस्यता नवीकरण र मंसिर २० गतेसम्म नयाँ वितरण सक्ने निर्णय गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । ‘मंसिर २० सम्मक्रियाशील सदस्यता सम्वन्धी काम सक्ने गरी जिल्ला, क्षेत्र, प्रदेश र वडाले काम गर्ने छन्’ , प्रवत्ता सिग्देलले भने, ‘केन्द्रको निर्देशन अनुसार तोकिएको समय भित्र काम सक्ने गरी कास्की कांग्रेस जुट्ने छ ।’ कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले सदस्यता नवीकरण र नयाँ वितरणको काम मंसिर मसान्तसम्म सक्न देशभरका जिल्ला कार्य समितिलाई निर्देशन दिएको थियो ।





