
काठमाण्डौ, ८ मंसिर– नेपाली कांग्रेसका सांसद मोहन प्रसाद पाण्डेले पथ तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रतिनिधिसभामा समानुपातिक तर्फ रिक्त पदमा आज पाण्डेले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो । पाण्डेले आज प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा मार्फत सपथ ग्रहण गरेका हुन् । सांसद सूर्य बहादुर केसीको गत कात्तिक १७ मा निधन भएपछि एक पद रिक्त भएको थियो ।
कांग्रेसले पाण्डेको नाम निर्वाचन आयोगमा पठाएको र निर्वाचन आयोगले संसद सचिवालयलाई पाण्डेलाई रिक्त पदमा सपथ ग्रहण गराउन जानकारी गराएपछि आज सपथ भएको हो ।





