बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विस्फाेटकसहित विप्लवका लमजुङ इन्चार्ज र सेक्रेटरी पक्राउ

विस्फाेटकसहित विप्लवका लमजुङ इन्चार्ज र सेक्रेटरी पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०७७, सोमबार

लमजुङ, ८ मंसिर – लमजुङ प्रहरीले प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई विस्फाेटक पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । दोर्दी गाउँपालिका–८ खिन्चोक पाँचस्वाराबाट रोल्पाको गंगादेव गाउँपालिका–२ घर भएका लमजुङ जिल्ला इन्चार्ज ४२ वर्षीय जंगबहादुर भण्डारी, दोर्दी–७ घर भएका जिल्ला सेक्रेटरी ४६ वर्षीय बिलबहादुर गुरुङसहित ६ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार गएराति १ बजेको समयमा उनीहरु भेला भइ अवाञ्छनिय गतिविधि गरेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो । पक्राउ पर्ने अन्यमा लमजुङको मध्यनेपाल नगरपालिका-४ घर भएका लमजुङ जिल्ला कमिटी सदस्य ६२ वर्षीय नारायणबहादुर कुँवर, राईनास नगरपालिका–६ का जिल्ला सदस्य ३४ वर्षीय रविन्द्र नखोला, दोर्दी-७ का २२ वर्षीय दुर्गालाल तामाङ (कार्यकर्ता) र मध्यनेपाल-१० का २६ वर्षीय सुजन थापा (कार्यकर्ता) रहेका छन् ।उनीहरुलाई खानतलासी गर्ने क्रममा झोलाभित्र लुकाइछिपाइ राखेको विस्फाेटक पदार्थ गन्धक ५ सय ग्राम, बारुद ५ सय ग्राम, सोडा ५ केजी सेप्टिफ्युज १.५ मिटर, रोल क्याप लेखिएको पटका ७ रोल, सिसाका छर्राहरु बरामद गरिएको छ । यस्तै, पार्टीसँग सम्बन्धित पोस्टर ५० थान, नेकपाको पर्चा ५० थान, नगद ३१ हजार ६ सय ८५ रुपैयाँ, चन्दा रसिद एउटा, ग १५ प ८१३७ र बा ७४ प ७०८७ नम्बरका मोटरसाइकल, मोबाइल ८ थानसमेत बरामद गरिएको थापाले बताए । उनीहरुविरुद्ध विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->