शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ठगी गर्ने माध्यम बन्दै सामाजिक सञ्जाल

ठगी गर्ने माध्यम बन्दै सामाजिक सञ्जाल


  • विजय नेपाली
  • मंसिर १० २०७७, बुधबार
Social Media Logotype Background

पोखरा, १० मंसिर– सामाजिक संजाल अहिलेको विश्व हो । जहाँ कसैको घर बन्नेदेखि घर बिग्रिनेसम्मका घटना हुने गर्दछ । सामाजिक संजालको कारण ठगिनेको संख्यामा वृद्धि भइरहेको छ । साइबर अपराधको बिगबिगी भइरहेको समयमा अहिले ठगी गर्ने सजिलो माध्यम बनेको छ सामाजिक संजाल फेसबुक, मेसेन्जर, इमो, भाइबर आदि ।
केहि दिनअघि स्याङ्जामा एक महिला सामाजिक संजालकै कारण ठगिन पुगिन् । मेसेन्जरमा मीठा–मीठा कुरामा फसाउदै आफु विरामी भएको बताउँदै मोटो रकम ठगिन पुगिन् ।
बाजुरा हिमाली गाउँपालिका ४ का २७ वर्षीय रुपचन्द्र पाण्डेले उनीसँग नगद १० लाख २८ हजार ७ सय रुपैयाँ ठगेको स्याङ्जा प्रहरीले जनाएको छ ।
महलिासँग पहिला मेसेन्जर कुरा भएको, आफु ब्राजिलमा रहेको र विभिन्न समस्या परेको बहाना बनाएर ठगेकोे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिए । महिलाले गत शुक्रबार ५५ हजार पठाएर पाण्डेले नेपालगंजबाट निकाल्दै गर्दा उनलाई पक्राउ गरिएको एसपी बोगटीले जानकारी दिए ।
यस्तै, पोखरा–५ प्रस्याङकी १८ वर्षीय एक युवती ठगिन पुगिन् । इमोमा अपरचित नम्बरबाट २५ लाखको चिठ्ठा परेको भन्दै रकम पठाउन कागजी प्रक्रिया पूरा गर्न २० हजार लाग्ने बताएपछि उनले रकम पठाइन् ।
करिब १ हप्ताअघि ००३७१२२२२०३३३ नम्बरबाट इमोमा चिठ्ठा परेको भन्दै मेसेज आएको थियो । उनले आइएमइबाट झापाका नवराज बस्नेतको नाममा २० हजार रुपैयाँ पठाएको भेटिएको छ । पैसा पठाएको ५ मिनेटमा सोही नम्बरको इमोले उनीसँग ६० हजार रुपैयाँ माग्यो । २५ लाख रुपैयाँको कर लाग्ने र उक्त कर तिरेपछि मात्र पैसा आउने उनको इमोमा मेसेज आएपछि युवतीलाई शंका लाग्यो । आफु ठगीमा परेको थाहा पाएपछि उनले इमोमार्फत सोहि नम्बरमा फोन गर्नेलाई प्रहरीकोमा खबर गरिदिन्छु भनिन् । धम्की दिएको केही समयमा नै उनलाई उक्त नम्बरले ब्लक ग¥यो । आफू ठगिएको थाहा पाएपछि उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुबास हमालले उक्त घटनाको अनुसन्धान गरिरहेको जानकारी दिए । उनको जाहेरी मंगलबार कास्की प्रहरीले दर्ता गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->