बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आफ्नो जीवनलाई व्यवस्थित गरे खुशी मिल्छ

आफ्नो जीवनलाई व्यवस्थित गरे खुशी मिल्छ


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०७७, बुधबार

कोभिड–१९ को महामारीसँगैको लामो लकडाउन र निषेधाज्ञाले मान्छेहरु घरमै बस्न बाध्य भए । कोरोना एक्लै आएन, यसले अर्थतन्त्र धर्मराउने अस्त्र पनि बोकेको थियो । अर्थतन्त्र धर्मराएपछि त्यसको प्रभाव ठूलादेखि साना सबै मान्छेमा प¥यो । मान्छेहरुमा यो अवधिमा निराशा छायो । लकडाउन र निषेधाज्ञा हटे पनि कोभिडले मानिसको खुसी खोस्न छाडेको छैन । मानिस निराश र दुःखी भएको यही बेला एकजना व्यक्ति भने मानिसलाई खुसी हुने कुरा सिकाउनै व्यस्त रहे । उनी थिए, स्वामी योगानन्द अर्थात् जगदिश पौडेल । पेशाले इञ्जिनियर रहेका उनले सामाजिक सञ्जालमा आफू नाचेको, ध्यानमा रमाएको कुरा मात्र सार्वजनिक गरेनन् ओशो अर्थात् रजनिशले प्रतिपादन गरेका ध्यान विधिको प्रचार पनि गरे । उनका भिडियो र पोष्टहरु रुचाइयो । आखिर मानिस खुसी ह्ुने सूत्र के हो त ? हामीले उनीसँग पहिलो प्रश्न गरेका थियौँ ।

उनी भन्छन्ः
अर्थ, धर्म, कर्म र मोक्षलाई पुरुषार्थ भनिन्छ तर ती सबै प्राप्तिको लागि स्वस्थ शरीर चाहिन्छ’, स्वामी आनन्द अरुणले व्याख्यात्मक शैलीमा थपे, ‘धन कमाउन, कमाएको धनको उपयोग गर्न, सक्रिय यौन जीवन बिताउन तथा जीवनको अन्तिम दिनहरु बाँच्ने उपक्रममा समेत चाहिने स्वस्थ शरीर नै हो ।’ लगत्तै उनले थपे, ‘मकहाँ नेपालका धनी व्यक्तिहरु आउँछन्, उनीहरुले खाने चियामा न चिनी हुन्छ, न खाना नै गतिलो, शरीर नै ठीक नभएपछि कमाएको सम्पत्तिको पनि के काम ?’
स्वामी आनन्द अरुण पोखरा उद्योग वाणिज्य संघले सोमबार पोखरामा आयोजना गरेको व्यस्त व्यवसायिक जीवन व्यवस्थापनको लागि आध्यात्मिक बाटो’ विषयमा आफ्नो धारणा राख्दै थिए । स्वामी अरुणले तनावपूर्ण जीवनबाट छुटकारा पाउन तथा आफ्नो शरीर व्यवस्थापन गर्न आफ्नो लागि दिनको एक घण्टा समय छुट्याउन सुझाव पनि दिए । दिनको २३ घण्टा अरुको लागि वा पैसा छाप्ने कामको लागि छुट्याए पनि बाँकी रहेको एक घण्टामा ब्यायाम, प्राणायाम र ध्यान गरे शरीर र मन दुबै स्वस्थ हुने उनको भनाई थियो ।
‘सामान्यतयाः २० मिनेट पसिना निकाल्ने गरी ब्यायाम गर्नुहोस्, त्यसपछि २० मिनेट प्राणलाई फिट राख्न प्राणायाम अनि मनलाई स्वस्थ राख्न ध्यान गर्नुहोस्, सबै ठीक हुन्छ’, उनले भने, ‘शरीरलाई श्रम र मनलाई ध्यान आवश्यक छ, कडा शारीरिक श्रम गर्नेलाई ध्यान मात्रैले ठीक हुन्छ ।’ सामान्यतयाः मानिसहरुको व्यस्तता भनेको बहानाबाजी हुने र राजनीतिज्ञहरुको जीवन अस्तव्यस्त हुने उल्लेख गर्दै स्वामी अरुणले एक घण्टा वा त्योभन्दा पनि कम समय एक्लै बस्दा जो व्यक्ति शान्त हुन्छ त्यो व्यक्ति नै खुसी हुने धारणा सुनाए ।
एक फरक प्रसंगमा स्वामी अरुणले बुद्ध पूर्णिमालाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रुपमा मनाउनको लागि नेपालले संयुक्त राष्ट्रसंघमा प्रस्ताव पठाउनु पर्ने जिकिर गरे । ‘अहिले बुद्ध वाज बर्न इन नेपाल भनेर बुद्धलाई नेपाली नागरिकता थपाउने कोसिस भएको छ’, उनले थपे, ‘हामीले बुद्ध पूर्णिमालाई ध्यान दिवसको रुपमा प्रस्ताव गर्ने हो भने बुद्धलाई नागरिकता दिन जरुरी छैन ।’
कार्यक्रममा स्वामी अरुणलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले ब्यावसायिक जीवनमा भएको तनाव मुक्तिबाट मात्रै सफलता सम्भव भएको उल्लेख गरे । उद्योगी÷व्यवसायीहरुलाई कहिले बैंकको ब्याज त कहिले ब्यापारमा आउने उतारचढावले तनाव निम्त्याउने गरेको बताउँदै उनले आफ्नो बारेमा सोच्ने बानीको विकास जरुरी भएको बताए ।
अध्यक्ष पालिखेको जिज्ञासा शान्त पार्दै स्वामी अरुणले भने, ‘उर्जावान व्यक्ति नै सफल व्यापारी बन्ने हो, संसारको आधा सम्पत्ति अहिले ५ जना व्यक्तिको हातमा छ, उनीहरुमा भएको उर्जाले नै त्यो संभव भएको हो ।’ सन् २०१६ मा ८ जनाको हातमा रहेको संसारको आधा सम्पत्ति अहिले खुम्चिएर ५ जनामा झरेको प्रसङ्ग झिक्दै उनले राज्यलाई कर तिरेर नाफा कमाउनु नाजायज नभएको बताए । यो व्यापारिक युग भएको र अबका केही वर्ष यहीं पद्धतिले काम गर्ने उल्लेख गर्दै उनले कमाएको सम्पत्ति आफैले उपभोग गर्नको लागि पनि व्यक्ति स्वच्छ हुनुपर्ने सुझाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->