मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पैयूँपाटाका चार युवा नेकपामा प्रवेश

पैयूँपाटाका चार युवा नेकपामा प्रवेश


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७७, बिहिबार

बागलुङ, १० मंसिर– बागलुङ नगरपालिका–१३ पैयूँपाटाका चार युवा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सङ्गठित भएका छन् । केदार लम्साल, रमेश शर्मा, राम पौडेल र रोशन नेपाली आज नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा बागलुङका नेताले पार्टी कार्यालयमा खादा ओढाएर स्वागत गरेका थिए । लम्साल यसअघि विप्लव नेतृत्वको नेकपा सम्बद्ध प्रवासी सङ्गठन नेपाल प्रगतिशील मोर्चा युएईको महासचिवसमेत थिए ।
सत्तारुढ नेकपाले लिएको विकास र समृद्धिको नारा मन परेर आफू सोही पार्टीमा समाहित भएको लम्सालले बताए । विद्यार्थी कालदेखि नै वाम राजनीतिमा सक्रिय लम्सालले जनताको सेवासँगै कुशल सङ्गठका रुपमा नेकपामा रहेर काम गर्ने प्रतिबद्धता जनाए ।
शर्मा, पौडेल र नेपाली भने यसअघि स्वतन्त्र युवाको हैसियतमा थिए । तीनै जनाले युवाहरुको विदेश पलायन रोक्न सके मात्र वर्तमान नेकपा सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा साकार हुने बताए ।
नवप्रवेशीलाई स्वागत गर्दै नेकपा बागलुङकी सह–इञ्चार्ज एंव सङ्घीय सासंद मनकुमारी केसीले पार्टीलाई सुदृढ र एकताबद्ध गर्न सकेमा मात्र राष्ट्रिय लक्ष्य पुरा हुने धारणा राखिन् । त्यस अवसरमा नेकपा गण्डकी प्रदेशका सचिवालय सदस्य एवं बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललगायतले बोलेका थिए ।
स्वागत कार्यक्रममा नेकपाका सङ्घीय सासंद डा. सुर्य पाठक, जिल्ला कार्यालय सदस्य कृष्ण पाठक, बागलुङ नगर समितिका अध्यक्ष धनबहादुर परियारलगायतको उपस्थिती रहेको थियो । जिल्ला कार्यालय सदस्य फमलाल न्यूरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर समितिका सचिव इन्द्र केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->