बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बिहुँमा नमुना पदमार्गको शिलान्याश

बिहुँमा नमुना पदमार्गको शिलान्याश

उपभोक्ता समिति मार्फत निर्माण हुने यो पदमार्गले काठेखोला गाउँपालिकाका दुई वडालाई समेट्ने छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७७, बिहिबार

बागलुङ, ११ मंसिर– काठेखोला गाउँपालिका ५ र ६ बिहुँमा नमुना पदमार्ग निर्माणको काम थालिएको छ । शान्तिचोक शिवालय पदमार्ग निर्माण तथा बिहुँकोट संरक्षण आर्थिक संकलन समितिले पदमार्ग निर्माण थालेको हो । पदमार्गको बुधबार गाउँपालिका अध्यक्ष अमर थापा र देवघाट स्थित हरिहर सन्यास आश्रमका पिठाधिश्वर ज्ञानानन्द सरस्वतीले शिलान्याश गरे ।
धार्मिक पर्यटकीय क्षेत्र त्रिपुरेश्वर महादेवको मन्दिर र परिचिन बिहुँकोटको पहिचानकालागि पदमार्ग निर्माण थालिएको समितिले जनाएको छ । यहाँ निर्माण हुने पदमार्ग जिल्लाका अन्य पदमार्गहरु भन्दा फरक हुने वडा नं. ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले बताए । स्थानीय ढुंगाको प्रयोग गरेर पदमार्ग निर्माण हुने छ । बालुवा सिमेन्टको कम प्रयोग र छेउछाउमा रेलिङ बारका लागि मात्रै बाह्य बजारबाट ल्याईने सामग्रीको प्रयोग हुने छ ।
यो पदमार्ग निर्माणमा शान्तिचोक शिवालय पदमार्ग निर्माण तथा बिहुँकोट संरक्षण आर्थिक संकलन समिति गठन गरिएको थियो । बैदेशिक रोजगारीमा रहेकाहरुबाट सहयोग संकलन अभियान देखि अनलाईन भजन प्रतियोगिता समेत समितिले आयोजना गरेको थियो ।
पदमार्ग निर्माणका लागि ३४ लाख रुपैयाँ खर्च हुने लगत स्टमेट छ । गाउँपालिकाले ६ लाख ३४ हजार रुपैयाँ अनुदान उपलव्ध गराएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । ‘समितिले बिभिन्न कार्यक्रम सञ्चालन गरेर ७० लाख रुपैयाँ संकलन गरेको छ’ थापाले भने ‘सोही रकमको केही अंश पदमार्ग निर्माणमा खर्च हुने छ ।’ धार्मिक पर्यटनका लागि चर्चामा रहेको बिहुँलाई प्रबद्र्धन गर्न पदमार्गले थप सहयोग गर्ने थापाले बताए ।
उपभोक्ता समिति मार्फत निर्माण हुने यो पदमार्गले काठेखोला गाउँपालिकाका दुई वडालाई समेट्ने छ । आगामि ६ महिना भित्र निर्माण सकिने बताइएको छ । बुधबार आयोजना गरिएको कार्यक्रममा पदमार्गको शिलान्याश र अनलाईन भजन प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अमर थापाले धार्मिक पर्यटनमार्फत उत्पादनसँग जोडिने योजनामा काठेखोला रहेको बताए । एक वडा एक पहिचानको कार्यक्रम गाउँपालिकाले ल्याएको र बिहुँमा धार्मिक पर्यटनको प्रबद्र्धन गरिने उनले बताए ।

तस्विरः भरत सापकोटा/बिहुँ

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->