शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

प्रधानमन्त्रीको जवाफि प्रस्तावमा नेता कार्यकर्ताको चासो


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७७, शनिबार

काठमाडौं, १३ मंसिर– सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्को आरोप प्रत्यारोपपछि सचिवालय बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको आन्तरिक विवादको कारणले नेकपा पछिल्लो समय विवादमा फसेको छ । अध्यक्षद्धयको विवादले पार्टी विभाजनको दिशातर्फ केन्द्रीत भएको छ ।
विवादको क्रममा सचिवालयमा प्रधानमन्त्री ओली ओली अल्पमतमा देखिएका छन् । अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् ।
यस्तै, प्रधानमन्त्री ओलीको पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव बिष्णु पौडेल छन् । यद्यपी, अध्यक्ष दाहाल निकट रहेको गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री ओलीको पक्षमा देखिएका छन् । तर, उनी अहिलेसम्म कतै पनि खुलेका छैनन् ।

ओलीको जवाफ

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोप पत्र अस्वीकार गरी आफ्ना जवाफ दिने तयारी गरिरहेका छन् । प्रधानमन्त्री ओलीले आफूमाथि लगाएका आरोपबारे बैठकमा स्पष्ट पार्ने तयारी गरिरहेका छन् ।
यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।
आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको विवाद उत्कर्षमा पुगेको भएपनि दुवै पक्षले आआफ्नै अडान राखिरहेका छन् । अध्यक्ष दाहालसहितका बहुमतका सदस्यले सचिवालय बैठक माग गर्दै प्रधानमन्त्रीलाई लेखेको पत्र, ओलीको जवाफी पत्र, फेरि दाहालले लेखेको प्रत्युत्तर पत्र र प्रस्ताव सबै समेटेर तल्लो तहसम्म अध्ययनका लागि पठाइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->