शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नियन्त्रणमा लिएको ६ घण्टा पछि रिहा भए रामचन्द्र पौडेल

नियन्त्रणमा लिएको ६ घण्टा पछि रिहा भए रामचन्द्र पौडेल


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७७, बुधबार

तनहुँ, १७ मंसिर–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । पक्राउ गरेको करिब ६ घण्टापछि पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले रिहा गरेको हो ।
उनलाई प्रहरीले तनहुँको व्यास नगरपालिका–१ तालघरेबाट नियन्त्रणमा लिएको थियो । रिहा भएपछि कार्यकर्तालाई सम्बोधन गर्दै पौडेलले केपी ओली नेतृत्वको सरकारले शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।
पौडेललाई जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । पौडेल पुल उद्‍घाटनमा जाँदा सत्तारुढ नेकपानिकट राष्ट्रिय युवा संघले अवरोध गर्न खोजेपछि झडपको अवस्था आएको थियो । यसैबीच वरिष्ठ नेता पौडेलमाथि भएको धरपकड र गिरफ्तारीलाई लिएर कांग्रेस नेताहरुले आक्रोश पोखेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->