काठमाडौं, २० मंसिर – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीमा देखिएको विवाद समाधान गर्न नसकेपछि सबै प्रस्तावसहित स्थायी कमिटीको बैठकमा छलफल गरिने भएको छ । शनिबार बसेको सचिवालय बैठकले आइतबारका लागि तय गरिएको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रस्ताव र पार्टीको संकट निवारणका लागि पेस भएका सबै प्रतिवेदन लगिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार स्थायी कमिटीको बैठक आइतबार एक बजे धुम्बाराहीमा बस्नेछ ।आजको सचिवालय बैठकअघि पनि दुवै अध्यक्ष छलफलमा जुटे पनि सहमति भने निस्कन सकेको छैन ।





