
काठमाण्डौ, २१ मंसिर– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेरमा बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सचिवालय बैठकमा उत्पन्न विवाद मिलाउने प्रयास हुने बताइएको छ।
आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेका प्रस्तावमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्षद्वयका प्रतावमाथि छलफल नभएपछि दुवै प्रस्ताव स्थायी कमिटी बैठकमा लैजाने निर्णय गरिएको थियो ।





