पोखरा, २३ मंसिर–पोखरा रंगशाला परिसरमा निमार्णाधीन अवस्थामा रहेको प्यारापिटसहितको फुटबल मैदानको ३ हजार ५ सय प्यारापिटको योजनाको बजेट अन्योलमा परेको छ ।
पहिलो चरणमा १६ हजार ५ सय दर्शक क्षमतासहितको मैदान बनाउने सम्झौता अनुसार काम सुरु गरिएपनि बिचमा भने राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले ३ हजार ५ सय सिट क्षमता बढाएर २० हजार पु¥याउने योजना अघि सारेको थियो । पहिलो चरणको काम करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ ।
१ अर्ब २८ करोड रुपैँयामा १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिटसहितको मैदान निमार्ण गरेपनि पोखरामा फुटबल लोकप्रिय रहेकाले त्यसलाई बढाएर २० हजार पु¥याउने योजना थियो ।
कोरोना भाइरसको कारण देखाउँदै राखेपले बजेट हाल्ने वा नहाल्ने भन्ने अन्योल रहेको निमार्णाधीन रंगशालाका साइड इन्जिनियर मविन आचार्यले जानकारी दिए । ‘हामीले पहिलाको सम्झौता अनुसारको ९० प्रतिशत काम सम्पन्न गरेका छाँै । तर, ३ हजार ५ सय सिट जडानको लागि आउने बजेट भने अन्योलमा परेको छ’, आचार्यले भने । १६ हजार ५ सय दर्शक क्षमताको डिपिआर बनाई काम सम्पन्न हुनलाग्दा थप ३ हजार ५ सय सिट जडान गर्ने बताएपछि निमार्ण कम्पनीले मास्टर प्लान अनुसार डिजाइन समेत तयार पारेको थियो । थप सिट जडानको काम अन्योलमा परेपनि हाल ९ सय सिट जडानको लागि भने भुइँ ढलान भइसकेको आचार्यले बताए । ‘बजेट आउने हो कि होइन केही थाहा छैन सोही कामको लागि इन्जिनियर काठमाडौं जानुभएको छ’, उनले भने, ‘कि हुन्छ भने हुने कि हुन्न । बाँकी काम समेत रोकिएको छ ।’ हाल रंगशालाको सुविधा सम्पन्न भवन निमार्णको कामअघि बढिरहेको छ । उक्त भवनमा प्लेयर चेन्जिङ रुम, मिडिया सेन्टर, अफिसियल रुम, प्राविधिक रुमलगायत रहने छ । यस्तै ग्रान्ड स्ट्न्ड क्ल्याडिङ्ग ९छोप्ने काम० को काम सुरु गरिएको इन्जिनियर आचार्यले जानकारी दिए । सुविधा सम्पन्न भवनको जिम्मा भारतीय कम्पनीलाई दिइएको हो । कोरोना भाइरसको कारणले कम्पनीका कामदार तथा इन्जिनियर आउन तयार भएपनि रोकिएका उनले बताए । प्रविधिको काम भएकाले भारतीय कम्पनीलाई बनाउने जिम्मा दिएको उनले बताए ।
यसअघि राखेप सदस्य सचिव रमेश सिलवालले २० हजार दर्शक क्षमताको लागि बजेट आइहाल्ने बताएका थिए । तर बजेट आउने÷नआउने निश्चित नहुँदा बनाउने वा नबनाउने भन्ने दोधार देखिएको छ । २० हजार दर्शक क्षमताको बनाउँदा १ अर्ब ५० करोड रुपैँया सम्म भेट्ने अनुमान गरिएको छ । भारतीय गे्रट स्पोटर्स इन्फ्रा तथा एम ए कन्ट्रक्सन ललितपुरले संयुक्त रुपमा
२०७५ साल फागुन २६ गते फुटबल मैदान नयाँ संरचना निमार्णको शिलान्यास गरिएको थियो । मैदान पूर्ण रुपमा सम्पन्न नहुँदै २०७६ सालमा भएको साग गेमअन्तर्गत महिला फुटबल प्रतियोगितासमेत आयोजना गरिएको थियो । काम समयमा सम्पन्न नहुँदा ४ पटक सम्म म्याद थप गरि काम गरिएको थियो ।




