काठमाण्डौ, २३ मंसिर– प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा बैठक सुरु भएको जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा बैठकमा कुरा हुने पनि उनले जानकारी दिएका छन् ।
राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीले संविधान र व्यवस्था विरोधीहरुको सक्रियता बढ्दै गएको भन्दै त्यसविरुद्ध एकजुट हुन दलहरुलाई आग्रह गरेका छन् ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी , राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको सहभागिता रहेको छ ।





