काठमाण्डौ, २३ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा बालुवाटारमा भएको सर्वदलीय बैठक तीन घण्टा बसेर सकिएको छ । देशमा राजावादीहरु र नेत्रविक्रम चन्द विप्लवसहितका समूहको सक्रियता बढेको भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठ बोलाएका थिए ।
बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी थिए । त्यसैगरी राजाको मागसहित आन्दोलनरत राप्रपा नेता दीपक बोहोरा पनि बैठकमा सहभागी थिए । त्यसैगरी बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुद्दा खेपिरहेका कांग्रेस उपसभापति विजय गच्छदारसमेत बैठकमा उपस्थित भएका थिए ।
बैठकपछि पत्रकारहरुसँग बोल्दै राप्रपा नेता दीपक बोहोराले कोरोनामा नियन्त्रणमा सरकार असफल भएको कुरा राखिएको बताए । उनले भ्याक्सिन निशुल्क दिनुपर्ने कुरा पनि बैठकमा राखिएको बताए ।
उनका अनुसार सडकको आन्दोलनबारे पनि नेताहरुले धारणा राखेका थिए । बैठकमा सडकमा चलिरहेको आन्दोलन रोक्नेबारे कसैले नबोलेको उनले जानकारी दिएका छन् ।
राप्रपा नेता वबैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।





