बागलुङ, २३ मंसिर– नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवन परियारले सरकारले नेपाली जनतालाई लोकतन्त्रको अनुभुती दिलाउन नसकेको बताएका छन् ।
नेपाली काँग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता परियारले सरकारका पछिल्ला गतिविधिले मुलुकमा झनै अस्थिरता र भ्रष्ट्रचार बढ्दै गएको आरोप लगाए । उनले देशमा दिनहुँ हत्या हिंसा, बलात्कारजस्ता जनघन्य अपराधका घटना बढ्दै गएको हुँदा जनताले लोकतन्त्र र गणतन्त्रको अनुभूती गर्न नपाएको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउनुभन्दा पनि पार्टीभित्रै आन्तरिक किचलो निकालेर सरकारलाई कमजोर पार्ने काम गरेको बताए । कोरोना महामारीमा सरकारले न्यूनतम कामसमेत गर्न सक्दैनौं भनेर पछि हट्दा जनता दुःखी भएको उनको भनाई छ ।
नेता परियारले पार्टीको आउँदो चौधौ महाधिवेशन आन्तरिक एकतालाई मजबुद बनाएर अगाडी बढने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पुर्वसभापति हरिप्रसाद श्रेष्ठ, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय लगायतले काग्रेसले प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गरेर जनतासमक्ष सरकारको भण्डाफोर गर्न जरुर रहेको बताए ।
कार्यक्रम नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलको अध्यक्षता, कोषाध्यक्ष उमेश गौतमको स्वागत र सहसचिव सिताराम रसाईलीको संचालनमा सम्पन्न भएको थियो ।





