बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कर्तव्य ज्यान मुद्धाका प्रतिवादी ३० बर्षपछि कारागार

कर्तव्य ज्यान मुद्धाका प्रतिवादी ३० बर्षपछि कारागार


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७७, मंगलबार

तनहुँ, २३ मंसिर– तनहुँ प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना प्रतिवादीलाई ३० बर्षपछि पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राईपुरका भिमबहादुर परियारको हत्या गरि लुक्दै हिँडेका स्थानीय टोपबहादुर चन्द ठकुरीलाई काठमाडौंको एक होटलबाट सोमबार बेलुका नियन्त्रणमा लिएको तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताए । ठकुरीले २०४७ असोज ६ गते दाउराको चिरपटले प्रहार गरी परियारको हत्या गरेको तिमिल्सिनाले जानकारी दिए ।

सर्वोच्च अदालतले २०७५ कात्तिक १३ गते ठकुरीलाई १० बर्ष कैद सजाय सुनाएको थियो । तर कैद भुक्तान नगरीकन उनी फरार थिए । तनहुँ प्रहरीले उनलाई अदालतको निर्णय बमोजिम कैद भुक्तानको लागी कारागार पठाएको छ । पछिल्लो समय तनहुँ प्रहरीले धमाधम फरार प्रतिवादी पक्राउ गरिरहेको छ । यस्तै, सोही स्थानका ११ जनालाई समेत तोकिएको जरिवाना भुक्तान नगरेकाले ५० रुपैयाँको दरले जरिवाना गराईएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->