काठमाण्डौ, २८ मंसिर– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर बसेको बैठकले शोक प्रस्ताव पारित गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार स्थायी कमिटी बैठक काभ्रे निवासी नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितितमा बसेको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएपछि आगामी बैठक पुस १ गतेलाई तय गरिएको छ ।
नेकपाका केन्द्रीय सदस्य लामाको निधन भएकाले शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएपछि पछिल्लो समय देखिएका विवादमा छलफल गर्न अझै कुर्नुपर्ने भएको छ । नेता लामाको गत मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
आजको बैठकमा उनै नेता लामाको अढाई करोड रुपैयाँ बढी हिनामिना आरोप झेलिरहेका प्रवक्ता नारायणकाजी श्रेष्ठबारे पनि छलफल हुने अनुमान थियो । तर आजको बैठकमा अन्य कुनै विषयमा कुरा हुन सकेन ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेपछि मंसिर २१ स्थायी कमिटी बैठक बसेर आजलाई सरेको थियो । धुम्बाराहीमा बसेको बैठकमा ओलीले आफू सहभागी नभइ चिठी पठाएका थिए ।





