पोखरा, २९ मंसिर– नेपाल विद्यार्थी संघ कास्कीले आइतबार पोखरामा सिठ्ठी जुलुस निकालेको छ ।
नेपाली कांग्रेसको आयोजनामा मंसिर २९ हुने विरोध कार्यक्रमलाई सफल बनाउन नेवि संघले सिठ्ठी जुलुसको आयोजना गरेको हो । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिको ७७ वटै जिल्लामा कार्यक्रम गर्ने परिपत्र अनुसार कास्कीको सिठ्ठी जुलुस निकालिएको पृथ्वी नारायण क्याम्पसका नेवि संघ सभापति दिपक शर्मा वाग्लेले बताए ।
कोरोना महामारीको समयमा सरकार सुतिरहको जस्तो देखिएकोले सिठ्ठीको आवाजलेमार्फत् उठाउन जुलुस निकालिएको उनले बताए । नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सुरु भएको जुलुस महेन्द्रपुल चिप्लेढुङ्गा हुदै वि.पि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेपाली कांग्रेसका सभापति कृष्ण केसीले सम्बोधन गर्नुभएको थियो । कोणसभामा नेवि संघका पूर्व केन्द्रीय सदस्य सरोज के.सी, पृथ्वी नारायण क्याम्पसका ने. वि संघ सभापति दीपक शर्मा वाग्ले र पोखरा विश्व विद्यालयका सभापति फिरोज सुवेदीलगायतले बोलेका थिए ।नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान सभापति विकाश थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नेवि संघका पूर्व सभापति विक्रमआदित्य गिरीले गरेका थिए ।





