शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

हिटलर शैलीमा लाग्दा लोकतन्त्रनै धरापमा : नेता केसी

हिटलर शैलीमा लाग्दा लोकतन्त्रनै धरापमा : नेता केसी


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७७, सोमबार

बागलुङ, २९ मंसिर– नेपाली कांग्रेसका नेता तथा पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले बर्तमान सरकार हिटलर शैलीको भएको आरोप लगाएका छन् । बागलुङमा सोमबार आयोजना गरिएको आमसभा तथा बिरोध ¥यालीमा सहभागि हुन आएका केसीले निरंकुशता र भ्रष्टाचारको नाइकेको रुपमा सरकारले काम गरेको आरोप समेत लगाए ।

प्रमुख वक्ताको रुपमा बागलुङ आएका नेता केसीले निरंकुशता र भ्रष्टाचारले नेकपा र सरकारको अस्तित्वमाथीनै प्रश्न उठेको भन्दै नेपाली जनताले तीन बर्ष नपुग्दै दुइतिहाईको सरकारबाट आजित भैसकेको बताए । उनले वर्तमान सरकार निर्वाचित भस्मासुर भएको समेत अराोप लगाएका थिए ।
कांग्रेसले पनि राम्रो काम गर्न नसकेको कुरा स्विकारेको केसीले बताए । ‘हामीले केही कमजोरी गरेका थियौ तर व्यवस्थामा असर पर्ने काम गरेका थिएनौं’ केसीले भने, ‘लोकतन्त्र र देशकै अस्तित्व संकटमा पार्नेकाममा यो सरकारले अगुवाई गरेको छ ।’ दर्जनौं भ्रष्टाचारका काण्ड, अघिल्ला बर्षको तुलनामा हिंसा, हत्या र बलात्कारका घटना बढ्दै जानु, सडकमा भोकभोकै पर्नेको संख्या बढनुलाइ उनले सरकारको कमजोरीको रुपमा चित्रण गरेका थिए । ‘खै कता गयो समृद्धिको कुरा ?’ उनले प्रश्नगर्दै भने, ‘जनताले के आसले भोट दिएका थिए भन्ने कुरा सत्तामा जान नपाउँदै भुलेर व्यवस्थामा पनि प्रहार गर्ने कम्युनिष्टबाट लोकतन्त्र र गणतन्त्र संरक्षण हुन सक्दैन ।’ उनले बाह्र बर्ष ढुंग्रोमा हालेपनि कुकुरको पुच्छर बाँङगो भन्दै सरकारको टिप्पणी गरेका थिउ ।

उनले व्यक्ति हत्या गरेर आएको एमाले र १७ हजारको हत्या गरेको माओवादीको एकीकरणबाट जनताले झनझन् दुःख पाएको समेत आरोप लगाए । सेक्युरिटी प्रिन्टिङ प्रेस, वाइटवडी, ओम्नी र यती समूह, बुढीगण्डकी जलबिद्युत आयोजना लगायतका दर्जनौं बिषयमा भ्रष्टाचारलाई सरकारी संरक्षण भएको केसीको आरोप छ । तनहुँमा भएको घटनामा बरिष्ठ नेता रामचन्द्र पौडेल माथी भएको अभद्र व्यवहारले कांग्रेस जाग्ने एउटा निहुँ बनेको भन्दै केसीले यस अघिका दर्जनबढी घटनामा कांग्रेस कार्यकर्ता माथी सरकारी आक्रमण भएको पनि उनले आरोप लगाए । ‘कांग्रेसका जिल्ला सभापति, महासमिती सदस्य र केन्द्रीय सदस्य सम्मलाई सरकारी तहबाट आक्रमण भएको थियो’ उनले भने, ‘पौडेल आक्रमणको घटनामा भिजिलान्ते र प्रशासन पनि प्रयोग गरेर लोकतन्त्रको खिल्ली उडायो ।’ केसीले फरक बिचारलाई शत्रु ठान्ने कम्प्युनिष्टबाट बहुदलीय व्यवस्था र बहुलबादनै खतरामा परेको उनको टिप्पणी थियो । उनले कांग्रेसले फरक बिचारलाई सम्मान र प्रतिष्पर्धी मान्ने गरेको समेत प्रष्ट्याए ।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल र पूर्व सभापति गोबिन्दप्रसाद शर्मा कंडेललेपनि बोलेका थिए । पार्टी सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता, सचिव नवराज पौडेलको संचालन र उपसभापति तुलासिंह घर्तीमगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम अघि कांग्रेसका कार्यकर्ताले बिरोध ¥याली गर्दै बागलुङ बजार परिक्रमा गरेका थिए । युवाहरुले मोटरसाइकल ¥याली समेत गरेका थिए । कांग्रसले चारवटा समूह बनाएर कार्यकर्ता बजारमा ओरालेको थियो । जैमिनी नगरक्षेत्रमा महासमिति सदस्य जगदिशचन्द्र उपाध्यायको नेतृत्व, गलकोट क्षेत्रमा मणीभद्र कंडेलको नेतृत्व, काठेखोलामा होमबहादुर हमाल र बागलुङ बजार क्षेत्रमा प्रकाश पौडेलको नेतृत्वमा कार्यकर्ता भित्राउने योजना बनाएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->