शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राजसंस्था माग्दै राप्रपाको ¥याली

राजसंस्था माग्दै राप्रपाको ¥याली


  • ढोरपाटन संवाददाता
  • पुष १ २०७७, बुधबार

बागलुङ, १ पुस– राजसंस्था पुर्नबहालीको माग गर्दै बुधबार बागलुङमा प्रदर्शन भएको छ । स्वतन्त्र राष्ट्रिय युवा मोर्चा बागलुङले संबैधानीक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग मोटरसाइकल ¥याली सहित बागलुङमा प्रदर्शनी गरिएको हो ।
बागलुङको कालिका भगवती मन्दिरको गेटबाट सुरु भएको ¥याली बागलुङ बजारको समिक्षालय चोक, गुठी, देउराली चोक, लालिगुराँस चोक, शिवधारा चोक, जीपपार्क, धौलागिरी चोक हुँदै लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । अहिले देशको राजनीतिक अवस्था अनुसार आन्दोलन लाई राप्रपाको समर्थन रहेको राप्रपाका केन्द्रीय नेता दिल बिकास राजभण्डारीले बताए । देशमा हिन्दु राज्य कायम गर्नुपर्ने राजासहितको प्रजातन्त्र स्थापना हुनुपर्ने भन्दै भएको आन्दोलनलाई आँफुहरुले समर्थन गरेकोे राप्रपाका केन्द्रीय सदस्य देबी कडेलले बताए । भ्रष्टाचार बेथितिका कारण युवा आन्दोलनमा आएकोे राप्रपा जिल्ला अध्यक्ष सुरेन्द्र खड्काले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->